कोरोना भाइरस

मेडिसिटीमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ, २६ साउन । भैसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । ६४ बर्षीय पुरुषको आज विहान पौने छ बजे मृत्यु भएको हो ।

कोभिड- १९ को उपचारमा रातदिन खटेका अस्पताल प्रमुखलाई कालोमोसो दल्ने प्रयास, अर्का चिकित्सकको गाडी फुटाइयो

पर्सा, २६ साउन । कोरोना भाइरस (कोभिड – १९) को संक्रमितको उपचार गर्दा गर्दै नारायणी अस्पतालका चिकित्सक नर्स तथा अन्य स्वास्थ्यकर्मी समेत गरी ४५ जना संक्रमणमा परेका छन् । ठूलो संख्यामा स्वास्थ्यकर्मी नै संक्रमणमा नारायणी अस्पताल सिल गरिएको छ ।

स्वास्थ्य राज्यमन्त्री रावतसहित मन्त्रालयका तीन दर्जन कर्मचारी क्वारेन्टिनमा

काठमाडौँ, २५ साउन । स्वास्थ्य मन्त्रालयका कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि प्राइमरी कन्ट्याक्टमा रहेका स्वास्थ्य राज्यमन्त्री नवराज रावत सहित मन्त्रालयका करीव तीन दर्जन कर्मचारी क्वारेन्टिन गएका छन् । ती मध्ये केही कर्मचारीले होम क्वारेन्टिन रोजेका छन् । होम क्वारेन्टिन सम्भव नभएका केही कर्मचारीहरुलाई गोदावरीस्थित कस्तुरी होटलमा लगेर राखिएको छ ।

काठमाडौँ उपत्यकामा थप ९२ जनामा कोरोना संक्रमण

काठमाडौँ, २५ साउन । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ९२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर डौतमले काठमाडौँमा ९० र ललितपुरमा २ सहित ९२ जनामा कोरोना संक्रमण देखिएको बताए ।

चौबिस घण्टामा देशभर थपिए ३८० जना कोरोना संक्रमित, संक्रमितको संख्या २२ हजार ९७२

काठमाडौँ, २५ साउन । पछिल्लो चौविस घण्टामा देशभर थप ३८० जनामा कोरोना भाइरस(कोभिड-१९) संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका चार जना कर्मचारीमा कोरोना संक्रमण

काठमाडौँ, २५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ४ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । मन्त्रालय उच्च स्रोतका अनुसार तीन जना कार्यालय सहयोगी र एक जना सवारी चालक भएको बुझिएको छ ।

कोरोना संक्रमणबाट पोखरामा एक जनाको मृत्यु

कास्की, २५ साउन । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट पोखरामा थप एक जनाको ज्यान गएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड – १९ उपचार केन्द्रको आइसीयूमा गत १७ साउनमा भर्ना भई उपचार गराईरहेका ६२ बर्षिय पुरुषको शनिबार राती ११:३५ मा ज्यान गएको हो ।

काठमाडौँमा थप ६२ जनामा कोरोना संक्रमण

काठमाडौँ, २४ साउन । पछिल्लो चौविस घण्टामा काठमाडौँमा थप ६२ जनामा कोरोना भाइरस (कोभिड१९)को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको कोरोना अपडेटमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा ५६ जना, भक्तपुरमा ३ र ललितपुरमा ३ गरी कुल ६२ जनामा संक्रमण देखिएको बताए ।