अघिल्लो साता मन्त्रालय तानिएका प्रमुख जनस्वास्थ्य प्रशासक पण्डितद्धारा राजिनामा

काठमाडौँ, २० भदौ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाबाट अघिल्लो साता स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा तानिएका प्रमुख जनस्वास्थ्य प्रशासक (एघारौँ तह)का केशवराज पण्डितले पदबाट राजिनामा दिएका छन् ।
मन्त्रालय तानिएपछि उनले गत साता नै पदबाट राजिनामा दिएका हुन् । यद्धपी उनको राजिनामा अहिलेसम्म स्वीकृत भएको छैन ।
मन्त्रालय उच्च स्रोतका अनुसार उनले घराएसी कारण देखाएर राजिनामा पेश गरेका छन् ।
‘मन्त्री ज्यूकहाँ राजिनामा पत्र पुगेको छ तर स्वीकृत भई सकेको छैन भोटेकोशी बाढीले अलमल भएको होला, अब राजिनामा छिटै स्विकृत हुन्छ,’उच्च स्रोतले भन्यो ।
एघारौँ तहमा बढुवा भएपछि पण्डितले राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रमा लामो समय निर्देशक भई काम गरेका थिए ।
पछिल्लो पटक उनले स्वास्थ्य सेवा विभागकै व्यवस्थापन महाशाखामा निर्देशक बनेर नेतृत्व गरेका थिए । निर्देशक रहेका पण्डितलाई मन्त्री मेहताले गत ९ भदौमा मन्त्रालय तानेर उनको स्थानमा वीरेन्द्रकुमार मण्डललाई पठाउने निर्णय गरेकी थिईन ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



