
डाक्टर आर्टिकल


नेपालको स्वास्थ्य सेवामा निजी क्षेत्रको भूमिका
विश्वव्यापी रुपमा स्वास्थ्य सेवाको विकास, विस्तार र व्यबस्थापनमा निजी क्षेत्रको भूमिका र योगदान दिन प्रतिदिन बढ्दै गई रहेको छ। विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वमा स्वास्थ्य क्षेत्रमा हुने कुल खर्चको ६० प्रतिशत खर्च मात्रै सरकारी क्षेत्रबाट हुने गरेको छ भने बाँकी खर्च निजी र गैह्र सरकारी क्षेत्रबाट हुने गरेको छ ।