वीपी कोइराला लायन्स नेत्र अध्ययन् केन्द्रका एक चिकित्सकलाई कोरोना संक्रमण

काठमाडौँ, २७ साउन । महाराजगञ्जस्थित वीपी कोइराला लायन्स नेत्र अध्ययन् केन्द्रका एक जना चिकित्सकमा कोरोना संक्रमण देखिएको छ । मंगलबार गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।

‘उहाँ दृष्टि विशेषज्ञ हुनुहुन्छ हिजो रिपोर्ट आयो र त्यो पोजेटिभ थियो,’ अस्पताल स्रोतले भन्यो ।

संक्रमण देखिएका चिकित्सक अहिले होम आइसोलेसनमा बसेका छन् ।

अस्पताल स्रोतका अनुसार पछिल्लो आठ नौँ दिन यता उनी अस्पताल आएका थिएनन् ।

यसअघि हिजो नै त्रिवि शिक्षण अस्पतालमा कार्यरत दुई जना नर्समा पनि कोरोना संक्रमण देखिएको थियो । उनीहरु पनि होम आइसोलेसनमा रहेको अस्पतालले जनाएको छ ।

त्रिवि शिक्षण अस्पतालको कोभिड युनिटमा अहिले ५ जना आइसीयू सहित १० जना बढी संक्रमितहरुको उपचार भइरहेको निर्देशक डा रोहितकुमार पोखरेलले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *