देशभर थपिए ५२५ जना कोरोना संक्रमित, संक्रमितको संख्या २४ हजार ९५७

काठमाडौँ, २९ साउन । पछिल्लो चौविस घण्टामा देशभर थप ५२५ जनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका ३८वटा प्रयोगशालामा ९ हजार ८५९ वटा पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ५२५ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ५२५ जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ। आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ८ हजार २५ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप १०९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या १६ हजार ८ सय ३७ पुगेको छ ।

हालसम्म ३ वटा जिल्लामा ५ सय भन्दा बढी संक्रमित छन् भने संक्रमित सून्य भएको जिल्ला ५ रहेको छ । देशभरका क्वारेनटिनमा १४ हजार ७६९ जना रहेका छन् । भने होम क्वारेनटिनमा ४ सय ६६ जना रहेका छन् ।

त्यसैगरी हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *