त्रिशूली थ्री ‘ए’को सुरुङबाट जीवित्तै उद्धार गरिएका सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य
काठमाडौँ, १९ भदौ । त्रिशूली थ्री ‘ए’को सुरुङबाट जीवित्तै उद्धार गरिएका सप्तरीका सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य रहेको पाइएको छ ।
उद्धार गरिपछि नेपाली सेनाको चिकित्सकहरुको टोलीले उनको स्वास्थ्य जाँच गराउँदा अवस्था सामान्य रहेको पाइएको हो । यसबारे नेपाली सेनाले जानकारी दिँदै अवस्था सामान्य रहेको बताएको छ ।
उनी पछि दोस्रो नम्बरमा उद्धार गरिएका अर्का व्यक्ति कवीर महर्जनलाई भने उपचारका लागि छाउनी अस्पताल ल्याइँदै छ । उनलाई हेलिकप्टरमार्फत ल्याइँदै छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



