काठमाडौं उपत्यकामा थप १२७ जनामा कोरोना संक्रमण

काठमाडौँ, २९ साउन ।  पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप १२७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको कोरोना अपडेटमा प्रवक्ता डा जागेश्वर गौतमलले काठमाडौँमा १११ जना, ललितपुरमा ११ जना र भक्तपुरमा ५ जनामा संक्रमण देखिएको बताए ।

उनका अनुसार काठमाडौँका संक्रमितहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १३ जना, वीर अस्पताल प्रयोगशालामा ४ जना स्टार अस्पतालमा १९ जना, ह्याम्स अस्पतालमा ९ जना र प्रहरी अस्पताल प्रयोगशालामा ४८ जना देखिएको छ । यस्तै त्रिवि शिक्षण अस्पतालमा ३ जना, कोरिया मैत्री अस्पतालमा ७ जना, वीध प्रयोगशालामा ४ जना, भरतपुर प्रयोगशाला चितवनमा १ जना, धुलिखेल अस्पतालमा २ जना र सुर्या डाइग्नोस्टिकमा १ जना रहेको छ ।

यस्तै ललिपुरका संक्रमितहरु शहीद शुक्रराज ट्रपिकल अस्पतालमा २ जना, स्टार अस्पतालमा ७ जना, ह्याम्समा १ जना, प्रहरी अस्पतालमा १ जना गरी कुल ११ जना देखिएको छ ।

यसैगरी भक्तपुरका संक्रमितहरु स्टार अस्पतालमा १ जना, नेपाल कोरिया मैत्री अस्पतालमा ४ जना गरी कुल ५ जनामा संक्रमण देखिएको छ ।

डा गौतमले पछिल्लो चौविस घण्टामा देशका ३८ वटा प्रयोगशालामा ५२५ जनामा संक्रमण देखिएको बताए । यहि अवधीमा १०९ जना संक्रमणमुक्त भएको समेत जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *