कोरोना संक्रमित एक महिलाको पाटन अस्पतालमा मृत्यु

काठमाडौँ, २८ साउन । कोरोना सक्रमित एक महिलाको पाटन अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको छ । जनकपुरकी ३८ बर्षीया महिलाको गएराती एक बजे उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले बताए ।

डा गेलालका अनुसार गत १८ साउनमा भर्ना भएकी ती महिलामा म्यानेन्जाइटिसको समस्या थियो । पाटनमै उपचारका क्रममा कोरोना परीक्षणगर्दा रिपोर्ट पोजेटिभ आएको थियो । स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको थियो । ‘आइसीयूमा राखेर उपचार गरिएको थियो । आज विहान १ बजे मृत्यु भयो,’ डा गेलालले भने ।

कोभिड – १९ का लागि जिल्लामा राखिएका २१ वटा आइसीयू बेडहरुमा अहिले संक्रमितहरुलाई राखिएको र सबै बेड भरिएको समेत डा गेलालले जानकारी दिए । उनले आइसीयूमा रहेका केही संक्रमित विरामीहरुको अवस्था गम्भीर रहेको समेत जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *