नेपाल औषधी लिमिटेडको अध्यक्ष पदमा यज्ञप्रसाद न्यौपाने नियुक्त

काठमाडौँ, २५ भदौ । सरकारले नेपाल औषधी लिमिटेडमा रिक्त रहेको अध्यक्ष पदमा यज्ञप्रसाद न्यौपानेलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त अध्यक्ष पदमा न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
नेपाल औषधी लिमिटेडको अध्यक्ष पदमा न्यौपानेको यो दोस्रो पटकको नियुक्ती हो । न्यौपानेले यसअघि २०७९ देखि २०८२ सालसम्मको पूर्ण कार्यकाल औषधी लिमिटेडको नेतृत्व गरेका थिए । त्यसबेला उनीमाथि करीब करीब टाट पल्टेको नेपाल औषधी लिमिडेटलाई जगाउने प्रयास गरेको श्रेय जाने गरेको छ ।
२०६८ साल देखि २०७२ सालसम्म नेपाल फार्मेसी काउन्सिलको अध्यक्ष समेत रहेका न्यौपाने फार्मास्युटिकल क्षेत्रमा परिचित नाम हो । यसपटक उनी खुल्ला प्रतिस्पर्धाबाट सिफारिस भई नियुक्ती पाएका हुन् ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



