काठमाडौँ, २२ फागुन । नेपालले कोभ्याक्स फ्यासिलिटी अन्तरगर्त प्राप्त गरेको कोभिडबिरुद्धको खोपको पहिलो खेप भोलि (आइतबार) प्राप्त गर्ने भएको छ । सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ३ लाख ४८ हजार डोज कोभिसिल्ड खोप बोकेको विमान भोलि विहान ११ बजे काठमाडौँ अवतरण गर्नेछ ।