काठमाडौँ उपत्यकामा थप १३८ जनामा कोरोना संक्रमण

काठमाडौँ, २८ साउन । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप १३८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको कोरोना अपडेटमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा १०९ जना ललितपुरमा २१ र भक्तपुरमा ८ जना गरी १३८ जनामा संक्रमण देखिएको बताए ।

उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौँका १० जना, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा काठमाडौँका २९ जना र भक्तपुरका १ जनामा संक्रमण देखिएको छ ।

यस्तै पाटन अस्पताल प्रयोगशालामा काठमाडौँमा ११, ललितपुरमा १४ र भक्तपुरमा एक जना, वीर अस्पतालमा काठमाडौँ र भक्तपुरका दुई दुई जनामा संक्रमण देखिएको छ । यसैगरी त्रिवि शिक्षण अस्पतालमा काठमाडौँका ११ जना, भक्तपुरको एक र ललितपुरको एक जनामा संक्रमण देखिएको छ ।

स्टार अस्पतालमा काठमडौँका ९ जना, ललितपुरको दुई जना र भक्तपुरको एक जना, प्रहरी अस्पताल महाराजगञ्जमा काठमाडौँका २२ जना, ललितपुरको २ जना र भक्तपुरको १ जना, बीध प्रयोगशालामा काठाडँेको ५ र ललितपुरको २ जना, ह्याम्स अस्पतालमा काठमाडौँको ८ जना र भक्तपुरको १ जनामा संक्रमण देखिएको छ ।

पछिल्लो चौविस घण्टामा देशभर ४८४ जनामा कोरोना संक्रमण देखिएको छ । यहि अवधीमा ६४ जना डिस्चार्ज भएका छन् । कुल मृत्यु हुनेको संख्या ९१ पुगेको डा गौतमले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *