सुर्खेतमा थपिए १८ जना कोरोना संक्रमित

0
Shares


सुर्खेत, २९ साउन । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशको सुर्खेतमा १८ जना कोरोना संक्रमित थपिएका छन् ।

कर्णाली प्रदेश अस्पताल सुर्खेत / पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएको परीक्षणमा वीरेन्द्नगर नगरपालिकाका १७ जना र लेखबेसी नगरपालिकाका एकजना गरी १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै कर्णालीमा कोरोना स‌ंक्रमितको संख्या २ हजार ५२ पुगेको छ ।

प्रदेशमा हालसम्म १ हजार ९०१ जना डिस्चार्ज भएका छन् भने ६ जनाको भने मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या १ सय ४५ रहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *