वीर अस्पतालको इमरजेन्सीमा कार्यरत नर्समा कोरोना संक्रमण

काठमाडौँ, २९ साउन । वीर अस्पतालको इमरजेन्सीमा कार्यरत नर्समा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार गरिएको परीक्षणको क्रममा ती नर्समा कोरोना संक्रमण देखिएको अस्पताल निर्देशक डा केदार सेन्चुरीले बताए ।

मंगलबारसम्म इमरजेन्सीमा कार्यरत ती नर्सका पतिमा संक्रमण देखिएपछि बुधबार प्राइमरी कन्ट्याक्टको रुपमा उनको परीक्षण गरिएको थियो । निर्देशक डा सेच्नुरीले भने, ‘खासमा उहाँ (नर्स)को श्रीमान्मा संक्रमण देखिएको रहेछ । त्यसपछि शंका लागेर उहाँको पनि परीक्षण गरयौँ संक्रमण पुष्टि भयो । अहिले सुन्दैछु उहाँका दुई जना छोराछोरी रहेछन् उनीहरुमा पनि कोरोना संक्रमण भएको पाइएको छ ।’

आकस्मिक कक्षको नर्समा संक्रमण भएपनि अहिलेसम्म सेवा सुचारु रहेको बताएको छ ।

‘हामीले सरसफाईमा विशेष ध्यान दिएकै छौँ । हिजोसम्म इमरजेन्सी चलिहाल्यो । उहाँ अस्ती देखि आउनु भएको छैन् । त्यसैले अहिले बन्द गरेका छैनौँ । तर क्लोज कन्ट्याक्टमा रहेका अरु स्टाफहरुलाई क्वारेन्टिनमा पठाउने र पीसीआर परीक्षण गर्ने काम थालेका छौँ,’ डा सेन्चुरीले भने ।

वीर अस्पतालमा अहिलेसम्म तीन जना चिकित्सक र एक जना सवारी चालकमा कोरोना संक्रमण देखिएको छ । अस्पतालमा अहिले तीन जना संक्रमित विरामीको उपचार भइरहेको समेत डा सेच्नुरीले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *