वीर अस्पतालका डाक्टर र ड्राइभरलाई कोरोना संक्रमण

काठमाडौँ, २८ जेठ । वीर अस्पतालका एक जना चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको रेडियोलोजी विभागका एक जना आवासीय चिकित्सकलाई कोरोना संक्रमण देखिएको हो ।

अस्पतालका निर्देशक डा केदार सेन्चुरीले बुधबार एक जना आवासीय चिकित्सकलाई कोरोना संक्रमण देखिएको पुष्टी गरे । उनले संक्रमण देखिएपछि दुई दिनका लागि रेडियोलोजी विभाग सिल गरिएको समेत जानकारी दिए ।

यसअघि वीर अस्पतालका दुई जना चिकित्सकमा कोरोना संक्रमण देखिएको थियो । तीमध्ये एक जना त्रिवि शिक्षण अस्पताल र एक जना सोही अस्पतालमा उपचाररत छन् ।

डीन कार्यालयका ड्राइभरलाई कोरोना

यसैबीच चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा कार्यरत एक जना सवारी चालकमा समेत कोरोना संक्रमण देखिएको छ । संक्रमित व्यक्तिले न्याम्सका एक जना पदाधिकारीको गाडी चलाउने गर्दथे ।

अस्पतालका कर्मचारी तथा स्टाफहरुलाई एक पछि अर्को गर्दै संक्रमण देखिएपछि वीर अस्पतालको सेवा प्रभावित हुन थालेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *