ललितपुरका अस्पतालमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु

काठमाडौँ, २८ साउन । कोरोनाबाट ललिपतुरमा थप दुई जनाको मृत्यु भएको छ । गएराती १२ बजे भैसेपाटीस्थित नेपाल मेडिसिटीमा उपचाररत ७१ बर्षीय पुरुषको ज्यान गएको छ ।

उनी जनकपुर निवासी हुन् । स्वासप्रश्वासमा समस्या भएको भन्दै उनी २० दिन अघि भर्ना गरिएको थियो । एक साता अघि देखि भेन्टिलेटर सहयोगमा उपचार भएको थियो । ‘मेडिसिटी अस्पतालमा उपचारका क्रममा थप एक जना कोरोना संक्रमितका ज्यान गएको छ । मृतकलाई निमोनियाको समस्या थियो भन्ने बुझिएको छ,’ ललितपुरका स्वास्थ्य प्रमुख डा खगेश्वर गेलालले भने ।

उता ललितपुरकै किष्ट अस्पतालमा मंगलबार मृत्यु भएकी ७८ बर्षीया महिलामा पनि कोरोना पुष्टि भएको पाइएको छ । काठमाडौँ टेकुकी महिलालाई गत २६ साउन पाटन अस्पतालले किष्ट रिफर गरेको थियो । ‘हिजो विहानै मृत्यु भयो । मृत्यु पछि पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भयो,’ अस्पतालका चिफ अपरेटिङ अफिसर अमित पाठकले भने ।

यसअघि आज विहानै पाटन अस्पतालमा एक संक्रमितको मृत्यु भएको थियो । ‘आज अहिलेसम्म ललितपुरमा मृत्यु भएका तीन जनामा कोरोना पुष्टि भएको जानकारी आएको छ,’ डा गेलालले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *