थुना रहेकी दक्षिणी कोरियाली राष्ट्रपति अस्पताल भर्ना

सोल, २७ वैशाख । दक्षिण कोरियामा थुनामा रहेकी पूर्व राष्ट्रपति उपचारको क्रममा अस्पताल भर्ना भएकी छन् ।

सोलस्थित एक अस्पतालमा पूर्व राष्ट्रपति पार्क गेउन हाई भर्ना भएको अस्पतालका प्रवक्ताले बुधबार जानकारी दिए ।

पूर्व राष्ट्रपति पार्कलाई भष्ट्राचारको मुद्दामा गत महिना २४ वर्षको जेल सजाय सुनाइएको थियो ।

कारागारका अधिकारीहरूको साथमा पार्क नागरिक अस्पताल सेट म्यारी पुगेकी थिइन् । प्रवक्ताले विस्तृत विवरण दिन अस्वीकार गरेका थिए ।

तर योन्हाप समाचार समितिले भने पार्क उनको पूरानो शारीरिक समस्या ढाड दुखाईको कारण अस्पताल भर्ना भएको बताएको छ ।

उनी दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति हुनु भएको थियो । पार्कले संवेदनशील थुप्रै कागजपत्र चुहाएर कानूनको उल्लंघन गरेको र राज्यको स्रोत तथा शक्तिको दुरूपयोग गरेको अदालतले ठहर गरेको छ ।

आफ्ना निकट साथी चाई सून सिलसँग भ्रष्टाचार काण्डमा मुछिएपछि पार्कविरुद्ध संसदले महाअभियोग लगाएको थियो । आफूलाई लगाइएको आरोपको पार्क र चाई दुवैले अस्वीकार गर्दै आएका छन् । रासस/एएफपी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *