भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. निराजन सुवेदी नियुक्त

0
Shares

काठमाडौं, २७ कात्तिक । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. निराजन सुवेदीलाई नियुक्त गरेको छ।

एघारौँ तहका अधिकृत डा. सुवेदीले शुक्रबार मन्त्रालयबाट नियुक्ति पत्र बुझेका हुन्।

उनी यसअघि नेपालगन्जस्थित भेरी अस्पतालको निर्देशकका रूपमा काम गरिसकेका छन् । पछिल्लो समय भने उनी वीर अस्पतालमा कार्यरत थिए ।

गत १९ असोजमा भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन (दोस्रो संशोधन) आदेश, २०८३ राजपत्रमा प्रकाशित भएपछि त्यसबेला कार्यकारी निर्देशकको भूमिकामा रहेका डा. उज्वल चालिसे हटेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *