नाइजेरियामा करिब १२ वर्षपछि दोहोरियो इबोला

0
Shares

काठमाडौँ, ५ कात्तिक । अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट नाइजेरिया पुगेकी एक महिलामा सङ्क्रमण पुष्टि भएको छ ।

नाइजेरियाका स्वास्थ्यमन्त्री मुहम्मद अली पाटेका अनुसार सङ्क्रमित महिलालाई एकान्तवासमा राखेर उपचार भइरहेको छ । उनको सम्पर्कमा आएका ४४ जनाको पहिचान गरी निगरानी सुरु गरिएको छ ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा मे महिनामा सुरु भएको प्रकोपबाट ९ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । त्यस्तै चार हजार ३८१ जनाको मृत्यु भएको छ ।

अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रका महानिर्देशक जीन कासेयाले प्रकोपलाई गम्भीर खतरा बताउँदै अन्तर्राष्ट्रिय समुदायलाई आर्थिक सहायता, औषधि र स्वास्थ्यकर्मी उपलब्ध गराउन आग्रह गरेका छन् ।

केन्यामा सङ्क्रमितको सङ्ख्या नौ पुगेको छ । केन्यामा पहिलो सङ्क्रमितको नजिकका परिवार सदस्यमा नवौं सङ्क्रमण पुष्टि भएको हो ।

यता युगान्डाले देशमा सक्रिय सङ्क्रमण नरहेको जनाएको छ । सन् २०१४ पछि नाइजेरियामा इबोलाको यो पहिलो घटना हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *