विश्व स्वास्थ्य संगठनद्वारा सिरियामा स्वास्थ्य क्षेत्रमा लगानी बढाउन आग्रह

जेनेभा, स्वीट्जरल्याण्ड, १२ वैशाख । सिरियामा मानवीय सङ्कट बढीरहँदा मङ्गलबार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले स्वास्थ्य क्षेत्रमा थप लगानी गर्नुपर्ने बताएको छ ।

सिरिया र छिमेकी पाँच विभिन्न मुलुकमा द्वन्द्वका कारण विस्थापित बनेका एक करोड ७० लाख नागरिकले खाद्यान्नको सङ्कट झेल्नुपरेको डव्लुएचओले जनाएको छ ।

अन्तर्राष्ट्रिय समुदायको ब्रसेल्समा भएको भेलाले सिरियाली जनताको जीवनरक्षाका लागि खाद्यान्न लगायत अतिआवश्यक दैनिक उपभोगका वस्तुका लागि थप लगानी गर्नु पर्ने देखिएको डब्लुएचओको को भनाई छ ।

सिरियाली द्वन्द्व, विभिन्न सामानको अभाव, असुरक्षा, सामान्य जनजीवनमा अवरोधको अवस्थाले लाखौँ सिरियालीलाई स्वास्थ्य सहयोगकोसमेत खाँचो रहेको छ ।

यसैबीच सिरियाबाट विभिन्न छिमेकी मुलुकमा गई शरण लिई बसेका ठूलो सङ्ख्याका सिरियाली नागरिक गरिबीको रेखामुनि बाँच्न बाध्य रहेका पाइएको र उनीहरूले अतिआवश्यकीय स्वास्थ्य सेवाको सुविधासमेत लिन नसकेको विश्व समुदायको ध्यान आकृष्ट गरिएको छ ।

सन् २०११ देखि शुरू भएको सिरियाली युद्धका कारण करिब एक करोड १३ लाख सिरियाली नागरिक देशभित्र नै बाँच्न र अन्य जीवन रक्षाका लागि चाहिने अतिआवश्यकीय सामग्रीका सहयोगको पर्खाइमा रहेका बताइएको छ । सिरियामा झण्डै आधा स्वास्थ्य सेवामात्र सम्पूर्ण रूपमा सेवा प्रदान गर्नसक्ने स्थितिमा रहेका छन् । रासस/सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *