विश्वकै जेष्ठ नागरिक नाबी ताजिमाको निधन

एजेन्सी । विश्वकै सबभन्दा जेष्ठ नागरिकको ११७ बर्षको उमेरमा निधन भएको छ । एएफपी जनाए अनुसार, जापानी महिला नाबी ताजिमाको शनिबार बेलुका झण्डै ८ बजे निधन भएको हो ।

उनको जन्म सन् १९०० को अगस्ट ४ का दिनमा भएको थियो । किकाइ द्विपको कागोसिमा क्षेत्रमा पर्ने अस्पतालमा उनको निधन भएको सरकारी स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । सन् २०१५ को सेप्टेम्बर महिनामा ताजिमा जापानको सवै भन्दा जेष्ठ नागरिक बनेकी थिइन ।

‘गिनिस बुक अफ बल्ड रिकर्ड’का अनुसार यसअघि विश्वको नै जेष्ठ नागरिक जमाइकाका भोइलेन्ट ब्राउन सन् २०१७ को सेप्टेम्बरमा निधन भएपछि विश्वको सवै भन्दा जेष्ठ नागरिकको खोजी भएको र ताजिमा विश्वको सबै भन्दा जेष्ठ नागरिक बनेकी थिइन ।

ताजिमाको निधनपछि विश्वकै अर्का जेष्ठ सदस्य पनि जापानकै नागरिक भएको छन् ।

झण्डै ११२ बर्षका मसाजो नोनाका अहिले जिवित नागरिक मध्ये सवै भन्दा जेष्ठ नागरिक हुन्। सरकारी स्रोतका अनुसार, जापानमा धेरै नागरिकहरु लामो उमेर बाच्ने गर्दछन् । झण्डै ६८ हजार जापानी नागरिक एक सय बर्ष भन्दा बढी उमेरका छन् ।


Leave a Reply

Your email address will not be published.