कोरोना

पछिल्लो २४ घण्टामा देशभर थपिए ३७४९ जना कोरोना संक्रमित, ३५६४ जना डिस्चार्ज

काठमाडौँ, २९ असोज । पछिल्लो चौविस घण्टामा देशभर थप ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा १६ हजार ५ सय ९८ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ३ हजार ७ सय ४९जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

पछिल्लो २४ घण्टामा देशभर थपिए २६३८ जना कोरोना संक्रमित, २१७४ जना डिस्चार्ज

काठमाडौँ, २८ असोज । पछिल्लो चौविस घण्टामा देशभर थप २ हजार ६ सय ३८ जनामा कोरोना भाइरस (कोभिड-१९०)संक्रमण देखिएको छ ।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण

काठमाडौँ, २५ असोज ।  शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण देखिएको छ । ज्वरो आई पीसीआर परीक्षण गराउँदा उनमा कोभिड -१९ पोजेटिभ देखिएको हो ।

काठमाडौँ उपत्यकामा थप १४१६ जनामा कोरोना संक्रमण

काठमाडौँ, २५ असोज । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ४१६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा काठमाडौँमा १ हजार १४५ जना, भक्तपुरमा ११० जना र ललितपुरमा १६१ जना गरी कुल १ हजार ४१६ जनामा कोरोना संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टमा देशभर थपिए २०७१ जना कोरोना संक्रमित, १५५२ जना डिस्चार्ज

काठमाडौँ, २५ असोज । पछिल्लो चौविस घण्टामा देशभर थप २ हजार ७१ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ ।

धरानमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

धरान, २५ असोज । शनिबार राती र आइतबार विहान गरी धरानमा थप तीन जनाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराईरहेका दुई जना महिला र एक जना पुरुषको मृत्यु भएको हो ।

पाल्पाको रामपुर अस्पतालमा कार्यरत २८ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

पाल्पा, २४ असोज । पाल्पाको रामपुर अस्पतालमा कार्यरत २८ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ । स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि रामपुर अस्पतालले आकस्मिकबाहेकका अन्य सेवा बन्द गरेको छ ।

काठमाडौँ उपत्यकामा थप १४०९ जनामा कोरोना संक्रमण

काठमाडौँ, २३ असोज । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ४०९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ११६ जना, भक्तपुरमा १३० जना र ललितपुरमा १६३ जना गरी कुल १ हजार ४०९ जनामा कोरोना संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टमा देशभर थपिए २०५९ जना कोरोना संक्रमित, संक्रमितको संख्या १ लाख नाघ्यो

काठमाडौँ, २३असोज । पछिल्लो चौविस घण्टामा देशभर थप २ हजार ५९ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा १३ हजार २७९ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप २ हजार ५९जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

काठमाडौँ उपत्यकामा थप २५४० जनामा कोरोना संक्रमण

काठमाडौँ, २२ असोज । काठमाडौँ उपत्यकामा आज थप २ हजार ५ सय ४० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौँमा २ हजार ८५ जना, ललितपुरमा ३२० जना र भक्तपुरमा १३५ जना गरी कुल २ हजार ५ सय ४० जनामा संक्रमण देखिएको हो ।