पछिल्लो २४ घण्टमा देशभर थपिए २०७१ जना कोरोना संक्रमित, १५५२ जना डिस्चार्ज

काठमाडौँ, २५ असोज । पछिल्लो चौविस घण्टामा देशभर थप २ हजार ७१ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा १२ हजार ४ सय २७ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप २ हजार ७१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा २ हजार ७१ जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय १५ रहेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप १ हाजार ५ सय ५२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ७४५ हजार ८०४ पुगेको छ ।

देशभरका क्वारेनटिनमा ४ हजार ६ सय १३ जना रहेका छन् । होम आइसोलेसनमा १७ हजार ६ सय ६६ रहेका छन् । संस्थागत आइसोलेसनमा १३ हजार ६ सय ४९ छन् ।आइसीयूमा ३२९जना र भेन्टीलेटरमा ७६ उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *