काठमाडौँ उपत्यकामा थप १४०९ जनामा कोरोना संक्रमण

काठमाडौँ, २३ असोज । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ४०९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ११६ जना, भक्तपुरमा १३० जना र ललितपुरमा १६३ जना गरी कुल १ हजार ४०९ जनामा कोरोना संक्रमण देखिएको हो ।
यो आज देशभर देखिएको कुल संक्रमित संख्याको ६८.४३ प्रतिशत हो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो चौविस घण्टामा देशभर १३ हजार २७९ जनाको पीसीआर टेष्ट गरिएको छ । यहि अवधीमा २ हजार ५९ जना नयाँ संक्रमित थपिएका हुन् ।
यो सहित आज देशमा संक्रमित हुनेको संख्या १ लाख ६७६ पुगेको छ । सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



