काठमाडौँ उपत्यकामा थप १५३१ जनामा कोरोना संक्रमण

काठमाडौँ, १९ असोज । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ५३१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा काठमाडौँमा १ हजार १७८ जना, ललितपुरमा २५० र भक्तपुरमा १०३ जना गरी कुल १ हजार ५३१ जनामा कोरोना संक्रमण देखिएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो चौविस घण्टामा १३ हजार ७८१ जनाको पीसीआर परीक्षण गरिएको थियो । ती मध्ये २ हजार ४४० जनामा कोरोना संक्रमण देखिएको छ ।

डा गौतमले पछिल्लो समय काठमाडौँ उपत्यका संक्रमणको जोखिम बढदो क्रममा रहेको भन्दै अत्यावश्यक काम नपरी काठमाडौँ नआउन, काठमाडौँमा रहेकाहरुलाई घरबाट ननिस्कन, निस्कनै परे स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *