काठमाडौँ उपत्यकामा थप १४१६ जनामा कोरोना संक्रमण

काठमाडौँ, २५ असोज । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ४१६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा काठमाडौँमा १ हजार १४५ जना, भक्तपुरमा ११० जना र ललितपुरमा १६१ जना गरी कुल १ हजार ४१६ जनामा कोरोना संक्रमण देखिएको हो ।

आज उपत्यकामा देखिएको कोरोना संक्रमितको संख्या देशभर देखिएको कुल संख्याको ६८.३७ प्रतिशत अर्थात दुई तिहाई बढी हो । आज देशभर थप २ हजार ७१ जनामा कोरोना संक्रमण देखिएको थियो । यहि अवधीमा १२ हजार ४२७ जनाको पीसीआर गरिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

आज देशभर संक्रीय संक्रमितको संख्या ३१ हजार ३१५ जना रहेका छन् । मन्त्रालयले संक्रमणको अवस्था गम्भीर मोडमा पुगेको भन्दै आवश्यक सावधानी अपनाउन आम सर्वसाधारणलाई अपिल गरेको छ ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *