सोमबार देशभर थपिए २४४० जना कोरोना संक्रमित, ११३३ जना डिस्चार्ज

 

काठमाडौँ, १९ असोज । पछिल्लो चौविस घण्टामा देशभर थप २ हजार ४ सय ४० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा १३ हजार ७ सय ८१ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप २ हजार ४ सय ४० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा २ हजार ४ सय ४० जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या ८९ हजार २ सय ६३ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या २३ हजार ५ सय ७ रहेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप १ हाजार १३३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ६५ हजार २०२ पुगेको छ ।

देशभरका क्वारेनटिनमा ४ हजार ३३ जना रहेका छन् । होम आइसोलेसनमा १२ हजार ३ सय १६ रहेका छन् । संस्थागत आइसोलेसनमा ११ हजार १ सय ९१ छन् । त्यसैगरी देशभरका अस्पतालका आइसीयूमा २४४ जना र भेन्टीलेटरमा ४३ जना उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *