काठमाडौँ उपत्यकामा थप २५४० जनामा कोरोना संक्रमण


काठमाडौँ, २२ असोज । काठमाडौँ उपत्यकामा आज थप २ हजार ५ सय ४० जनामा कोरोना संक्रमण देखिएको छ ।  यो संख्या उपत्यकामा अहिलेसम्मकै उच्च हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौँमा २ हजार ८५ जना, ललितपुरमा ३२० जना र भक्तपुरमा १३५ जना गरी कुल २ हजार ५ सय ४० जनामा संक्रमण देखिएको हो ।

देशभर आज ४ हजार ३६४ जना नयाँ संक्रमित देखिएको छ । यो एकै दिन देखिएको अहिलेसम्मकै बढी हो । १८ हजार ४७३ जनाको परीक्षण गर्दा यो संक्रमण देखिएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *