काठमाडौँ उपत्यकामा थप २५४० जनामा कोरोना संक्रमण

काठमाडौँ, २२ असोज । काठमाडौँ उपत्यकामा आज थप २ हजार ५ सय ४० जनामा कोरोना संक्रमण देखिएको छ । यो संख्या उपत्यकामा अहिलेसम्मकै उच्च हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौँमा २ हजार ८५ जना, ललितपुरमा ३२० जना र भक्तपुरमा १३५ जना गरी कुल २ हजार ५ सय ४० जनामा संक्रमण देखिएको हो ।
देशभर आज ४ हजार ३६४ जना नयाँ संक्रमित देखिएको छ । यो एकै दिन देखिएको अहिलेसम्मकै बढी हो । १८ हजार ४७३ जनाको परीक्षण गर्दा यो संक्रमण देखिएको हो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



