देशभर सक्रिय संक्रमित २५ हजार नाघ्यो, तर झट्टै लकडाउन नहुने

काठमाडौँ, २१ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ठिक दुई साता अघि अर्थात ७ असोजमा गरेको कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले देशमा कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार नाघे लकडाउनका लागि सरकारलाई सिफारिस गर्ने बताएका थिए ।

आजमा देशमा सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको छ । तर, मन्त्रालयले अहिल्यै लकडाउन गर्ने योजनामा भने छैन् । उसले दुई साता अघि लिएको नीतिमा हल्का परिमार्जन गरिएको बताएको छ ।

प्रवक्ता डा गौतमले भने, ‘हामीले अब अस्पतालको क्षमता हेरेर लकडाउन गर्ने कि नगर्ने भन्ने निर्णय गर्नेछौँ । अस्पतालको क्षमताले भ्याएसम्म लकडाउन गर्दैनौं । अन्यथा त गर्नैपर्ने हुन्छ ।’

उनले अहिले उपत्यकामा वा देशभर अस्पतालहरुको कतिप्रतिशत बेड अकुपाई भयो भन्ने बारेमा विवरण संकलन गर्ने कार्य भइरहेको बताए ।

आज देशभर १४ हजार २०९ जनाको पीसीआर परीक्षण गरिएको थियो तर ३ हजार ४३९ जनामा कोरोना पोजेटिभ नतिजा आएको थियो । यो संख्या अहिलेसम्मकै बढी हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *