पछिल्लो २४ घण्टमा देशभर थपिए ४३६४ जना कोरोना संक्रमित, २६७५ जना डिस्चार्ज

काठमाडौँ, २२ असोज । पछिल्लो चौविस घण्टामा देशभर थप ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ । यो संख्या अहिलेसम्मकै धेरै हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा १८ हजार ४ सय ७३ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ४ हजार ३ सय ६४जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ४ हजार ३ सय ६४ जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ रहेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप २ हाजार ६ सय ७५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ७१ हजार ३ सय ४३ पुगेको छ ।

देशभरका क्वारेनटिनमा ४ हजार ४ सय ६० जना रहेका छन् । होम आइसोलेसनमा १४ हजार ९ सय ६१ रहेका छन् । संस्थागत आइसोलेसनमा ११ हजार ७ सय १७ छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *