पछिल्लो २४ घण्टमा देशभर थपिए १५५१ जना कोरोना संक्रमित, २३४० जना डिस्चार्ज

काठमाडौँ, २० असोज । पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार ५ सय ५१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ११ हजार ४७ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ हजार ५ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा १ हजार ५ सय ५१ जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या ९० हजार ८ सय १४ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ७ सय ९ रहेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप २ हाजार ३ सय ४० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ६७ हजार ५ सय ४२ पुगेको छ ।

देशभरका क्वारेनटिनमा ४ हजार २ सय २१ जना रहेका छन् । होम आइसोलेसनमा १३ हजार ५ सय ९१ रहेका छन् । संस्थागत आइसोलेसनमा ९ हजार १ सय ११ छन् । त्यसैगरी देशभरका अस्पतालका आइसीयूमा २४३ जना र भेन्टीलेटरमा ४० जना उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *