शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण

काठमाडौँ, २५ असोज ।  शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण देखिएको छ । ज्वरो आई पीसीआर परीक्षण गराउँदा उनमा कोभिड -१९ पोजेटिभ देखिएको हो ।

उनी हिजो राती देखि नै पाटन अस्पतालमा भर्ना भएका छन् । मन्त्री पोखरेलेको सचिवालयले कोभिड -१९ पोजेटिभ आएको जानकारी दिदै केही दिन यता सम्पर्कमा रहेका सबैलाई आवश्यक सावधानी र सतर्कता अपनाउन अपिल गरेको छ ।

प्रधानमन्त्री ओलीलाई पनि खतरा

त्यसो त मन्त्री पोखरेलले डा गोविन्द केसीको अनसन तोडाउने विषयमा छलफल गर्न सरकारी बार्ता टोलीलाई लिएर बालुवाटार पुगेका थिए । मन्त्री पोखरेल, सरकारी बार्ता टोली र प्रधानमन्त्रीबीच केहीबेर छलफल छलफल भएको बताइएको छ ।

सचिवालय सदस्य विनोद न्यौपानेले बालुवाटारमा छलफल गर्दा नै असहज महसुस भएपछि सिधै क्वाटरमा आएको र पाटन अस्पताल गएको बताए । उनले केही बेर अघि आएको रिपोर्ट पोजेटिभ भएको बताए ।

सरकारी बार्ता टोलीमा हिजो शिक्षा सचिव गोपिनाथ मैनाली, स्वास्थ्य मन्त्रालयका सहसचिव डा गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा दिलिप शर्मा रहेका थिए ।

मन्त्री पोखरेललाई पोजेटिभ देखिदा त्यसको कन्ट्याक्ट ट्रेसिङमा प्रधानमन्त्री ओली सहित शिक्षा सचिव मैनाली सहितका उच्च पदाधिकारीहरु पर्ने देखिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *