धरानमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

108
Shares

धरान, २५ असोज । शनिबार राती र आइतबार विहान गरी धरानमा थप तीन जनाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराईरहेका दुई जना महिला र एक जना पुरुषको मृत्यु भएको हो ।

प्रतिष्ठानका सह प्रवक्ता डा आशिष श्रेष्ठका अनुसार आइतबार विहान ६ ४० बजे धनकुटा निवासी ६१ बर्षीया महिलाको मृत्यु भएको हो । गत १६असोजमा अस्पताल भर्ना भएको २० असोजमा कोभिड – १९ संक्रमण भएको पुष्टि भएको थियो ।

यस्तै प्रतिष्ठानमा उपचाररत एक जना ६५ बर्षीय पुरुषको आइतबार विहान ३ ५० बजे मृत्यु भएको छ । दुहवी निवासी ती पुरुष गत १४ असोजमा भर्ना भएका थिए । उनमा १५ असोजमा कोभिड – १९ संक्रमण देखिएको थियो ।

यस्तै शनिबार राती ८ बजे धरान – ८ सुनसरीका ६२ बर्षीया महिलाको ज्यान गएको छ । मृत्यु भएकी महिलाको २१ असोजमा पोजेटिभ आई २२ असोजमा अस्पताल भर्ना गरिएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *