डा. अरुण शाही बने इनोभेटिभ फाउन्डेशन फर हेल्थ एण्ड रिसर्चको अध्यक्ष

काठमाडौँ, १८ चैत । बरिष्ठ क्यान्सर रोग विशेषज्ञ तथा जनस्वास्थ्यविद डा अरुण शाही इनोभेटिभ फाउन्डेशन फर हेल्थ एण्ड रिसर्चको अध्यक्षमा चयन भएका छन् । शनिबार सम्पन्न संस्थाको चौथो साधारण सभाबाट डा शाही अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका हुन् ।

साधारण सभाले डा शाहीको अध्यक्षतामा नौँ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसमा उपाध्यक्ष डा. ईला सिंह राठौर , महासचिवमा अमूल श्रेष्ठ , सचिबमा टेक बहादुर थापा, कोषाध्यक्षमा पवन प्रकाश धामी छनौट भएका छन्।

त्यसैगरी सदस्यहरुमा महेन्द्र गिरी ,संजिव कुमार , अजिता घिमिरे , सकिल धोबी र हरिकला थापा चयन भएका छन् ।

साधारणसभाले बार्षिक कार्यक्रमको समिक्षा गर्दै भावी कार्य योजना तयार गरेको छ ।

जनस्वास्थ्यको क्षेत्रमा नविनतम अनुसन्धान तथा तालीममा क्रियाशिल हुने यो संस्थाको प्रमुख उद्धेश्य रहेको बताइएको छ ।

नव निर्वाचित अध्यक्ष डा शाहीले जनस्वास्थ्य सम्बन्धी विविध जनचेतनामूलक कार्यक्रमहरु र अनुसन्धानमूलक क्रियाकलाप गर्दै आएको बताउँदै भविस्यमा यस गतिविधिलाई थप अगाडी बढाउने बताए । उनले नेपालमा क्यान्सर सहितका नसर्ने रोग जनस्वास्थ्यको ठूलो चुनौती बन्दै गएको भन्दै यसको रोकथाम र न्युनिकरणका लागि अभियान सञ्चालन गर्ने बताए ।

महासचिव अमुल श्रेष्ठले जनस्वास्थ्यका चुनौती बन्दै आएका नसर्ने रोग सहितका बाल स्वास्थ्य, प्रजनन् स्वास्थ्य, पोषण, सरुवा रोग लगायतका क्षेत्रमा विशेष ध्यान दिईने बताए ।

यो संस्थाका सबै सदस्यहरु जनस्वास्थ्य विषयमा स्नातकोत्तर (एमपीएच) गरेकाहरु छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *