स्वास्थ्य मन्त्री मेहता र ललितपुरका मेयर महर्जनबीच भेटघाट, स्वास्थ्य क्षेत्रबारे छलफल

काठमाडौँ, २२ साउन । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनबीच शुक्रबार भेटवार्ता भएको छ।
सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटवार्तामा मानसिक अस्पताल, लगनखेल अगाडि निर्माण हुन लागेको अपांगमैत्री पुल सहित महानगरपालिकाभित्रको समग्र स्वास्थ्य क्षेत्रका विषयमा छलफल भएको थियो ।
यस्तै ललितपुर महानगरपालिकाभित्र रहेका सरकारी अस्पतालको सेवा सुधारका लागि आवश्यक स्वास्थ्य उपकरण,पूर्वाधार विकास तथा संघीय सरकार र स्थानीय तहबीचको समन्वय र सहकार्यका विषयमा समेत छलफल भएको थियो। सो अवसरमा मन्त्री मेहताले स्वास्थ्य संस्थाको सेवा सुधार र विस्तारलाई प्राथमिकतामा राखिएको बताईन ।
महानगरपालिका प्रमुख महर्जनले महानगर क्षेत्रका स्वास्थ्य संस्थाको सेवा सुधार तथा पूर्वाधार विकासमा आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



