चिकित्सा शिक्षा स्नातक तह अध्ययनका लागि एकीकृत प्रवेश परीक्षाको लागि आवेदन खुल्यो

952
Shares

काठमाडौँ, २२ साउन । चिकित्सा शिक्षा आयोगले  चिकित्सा शिक्षा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुका लागि विद्यार्थी छनौट गर्न सञ्चालन गरिने एकीकृत प्रवेश परीक्षाको आवेदन फारम खुलाएको छ ।

आयोगले परीक्षाका लागि योग्यता पुगेका ईच्छुक व्यक्तिले साउन २५ गते बिहान ९ बजेदेखि भदौ १५ गते साँझ ५ बजेसम्म अनलाइन आवेदन दिन सक्ने जनाएको छ । आयोगले भदौ १५ गते साँझ ५ बजे देखि भदौ २२ गते साँझ ५ बजेसम्म दोब्बर दस्तुर तिरेर आवेदन गर्न सकिने उल्लेख गरेको छ ।

आयोगले एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीएस्सी मिडवाइफ्री, बीएएमएस, बी फार्मा, बीपीएच लगायतका स्नातक तहका विषयमा आवेदन दिनका लागि आवश्यक योग्यता र विषयमा ल्याउनु पर्ने आवश्यक प्राप्ताङ समेत उल्लेख गरेको छ ।

आयोगले आवेदन शुल्क नेपाली विद्यार्थीका लागि ४ हजार रुपैयाँ र विदेशी विद्यार्थीका लागि ८ हजार रुपैयाँ तोकेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *