नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा डा. हरिश सिंह थापा नियुक्त

40
Shares

काठमाडौँ, २२ साउन । नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा डा. हरिश सिंह थापा नियुक्त भएका छन्।

नियुक्तिपछि डा.थापाले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

यसअघि  सञ्जीवकुमार पाण्डेयले गत २२ बैशाखमा पदबाट राजिनामा दिएका थिए ।

मन्त्री मेहताले गत जेठ ४ गते मन्त्रीस्तरीय निर्णय गर्दै अर्को व्यवस्था नभएसम्मका लागि भनेर उषा तण्डुकारलाई जिम्मेवारी तोकेकी थिइन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *