कोशी प्रदेशका स्वास्थ्यमन्त्री लिम्बू सहित ५ जना मन्त्रीले दिए राजीनामा

काठमाडौँ, २७ साउन । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू सहित ५ जना मन्त्रीहरूले राजीनामा दिएका छन् ।
नेकपा एमाले र नेकपाबीच सत्ता समीकरण बनेपछ कोशीमा कांग्रेसका ५ मन्त्रीहरूले बुधबार पदबाट राजीनामा दिएका हुन् ।
राजीनामा दिने अन्य ४ मन्त्रीहरुमा भौतकि पूर्वाधार विकासमन्त्री प्रदीप सुनुवार, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली र भौतकि पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ रहेका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



