पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त विभिन्न पाँच पद पदका लागि २४ जनाको आवेदन

1.3k
Shares

ललितपुर, २६ साउन । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेको विभिन्न पदका लागि २४ जनाको आवेदन परेको छ । प्रतिष्ठानमा रिक्त रहेको रेक्टर, रजिस्ट्रार, डिन तथा अस्पताल निर्देशक पदका लागि २४ जना उम्मेदवार अल्प सूचीमा परेको हो ।

प्रतिष्ठानले प्रकाशित गरेको पदपूर्ति सम्बन्धी सूचनाका आधारमा प्राप्त आवेदनको मूल्याङ्कनपछि छनोट समितिले विभिन्न पाँच कार्यकारी पदका लागि उम्मेदवारको सूची सार्वजनिक गरेको हो ।

प्रतिष्ठानले सोमबार प्रकाशित गरेको सूचनाअनुसार रेक्टर पदका लागि बाबुराजा महर्जन र विष्णुप्रसाद शर्मा अल्प सूचीमा परेका छन् ।

त्यस्तै, रजिस्ट्रार पदका लागि डा. अरुण शाही, बद्रीबहादुर खड्का, लिला राज आचार्य, प्रकाशचन्द्र खड्का र तीर्थराज भुजेल छनोट छनोट भएका छन् ।

स्कुल अफ मेडिसिनको डिन पदका लागि अरुणकुमार महत, आशिष श्रेष्ठ, डबलबहादुर धामी, रञ्जनप्रसाद देवभण्डारी र श्रीकृष्ण महर्जन अल्प सूचीमा परेका छन् ।

अस्पताल निर्देशक पदका लागि अनिलराज ओझा, पियुषराज राजभण्डारी, राजकुमार थापा, रञ्जना शर्मा र शान्तवीर महर्जन अटाएका छन् ।

यस्तै स्कुल अफ नर्सिङ एन्ड मिडवाइफरीको डिन पदका लागि बिना राना खगी, करुणा बज्राचार्य, खगी माया पुन, मनु नेपाल, निरन श्रेष्ठ, रेखा तिमल्सिना र शोभा लक्ष्मी बज्राचार्य सूचीमा परेका छन् ।

प्रतिष्ठानका अनुसार संक्षिप्त सूचीमा परेका उम्मेदवार छनोट प्रक्रियाको अर्को चरणमा सहभागी हुनेछन् । त्यस चरणमा उम्मेदवारले आफ्नो दृष्टिपत्र तथा रणनीतिक कार्ययोजना प्रस्तुत गर्नुपर्नेछ । त्यसपछि अन्तिम प्यानल अन्तर्वार्ता हुने प्रतिष्ठानले जनाएको छ ।

दृष्टिपत्र तथा रणनीतिक कार्ययोजना प्रस्तुति र अन्तर्वार्ताको समय तथा स्थान सम्बन्धित उम्मेदवारलाई इमेलमार्फत जानकारी गराइएको सूचनामा उल्लेख छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६४ अन्तर्गत स्थापित प्रतिष्ठानमा रेक्टर, रजिस्ट्रार, डिन तथा अस्पताल निर्देशकजस्ता कार्यकारी पदको नेतृत्व चयनलाई महत्वपूर्ण रूपमा लिइन्छ ।

प्रतिष्ठानको शैक्षिक, प्रशासनिक तथा अस्पताल सेवाको सञ्चालनमा यी पदको महत्वपूर्ण भूमिका रहने गर्दछ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

One thought on “पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त विभिन्न पाँच पद पदका लागि २४ जनाको आवेदन

  1. हार्दिक बधाई तथा शुभकामना डा. अनिलराज ओझाज्यू!
    अस्पताल निर्देशक पदका लागि छनोट हुनुभएकोमा हार्दिक बधाई। तपाईंको अनुभव, नेतृत्व क्षमता र सेवाभावले अस्पताललाई अझ उत्कृष्ट, प्रभावकारी र जनमुखी बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास छ। आगामी जिम्मेवारीका लागि सफलताको हार्दिक शुभकामना!

Leave a Reply

Your email address will not be published. Required fields are marked *