नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति नियुक्त, उपाध्यक्ष र रजिष्ट्रारमा को को ?

काठमाडौं, २१ साउन । नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ। सरकारले काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापतिलाई नियुक्त गरेको हो । यस्तै उपाध्यक्षमा बिमला कुमारी साह र रजिस्ट्रारमा पार्वती विष्टलाई नियुक्त गरेको छ।

नवनियुक्त अध्यक्ष, उपाध्यक्ष र रजिस्ट्रारले बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नव नियुक्त पदाधिकारीहरुले आजै परिषद्मा पुगेर जिम्मेवारी सम्हालेका छन् ।

अध्यक्ष रहेकी प्रजापति अहिले स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशक रहेकी छन् । उनले यसअघि नेपाल नर्सिङ परिषद्को निमित्त निर्देशकको जिम्मेवारी समेत सम्हालेकी थिईन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *