ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

काठमाडौं, २३ साउन । हस्पिटल फर एड्भान्स्ड मेडिसिन एण्ड सर्जरी लि. (ह्याम्स अस्पताल) र गोकर्णेश्वर नगरपालिकाबीच शुक्रबार स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न भएको छ । नगरवासीलाई गुणस्तरीय, सहज, पहुँचयोग्य तथा सहुलियतपूर्ण विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ यो सम्झौता भएको हो ।

सम्झौतापत्रमा ह्याम्स अस्पतालका तर्फबाट अध्यक्ष आर. एस. भण्डारी तथा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक कुमार रिसालले हस्ताक्षर गरेका छन् । सो अवसरमा दुवै संस्थाका पदाधिकारी, स्वास्थ्यकर्मी तथा सम्बन्धित अधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सम्झौताअनुसार गोकर्णेश्वर नगरपालिकाको सिफारिसमा ह्याम्स अस्पतालमा उपचार, शल्यक्रिया तथा अन्य स्वास्थ्य सेवा लिन आउने नगरपालिकाका स्थायी बासिन्दाले अस्पतालबाट प्रदान गरिने विभिन्न विशेषज्ञ स्वास्थ्य सेवामा विशेष छुट तथा सहुलियत प्राप्त गर्नेछन् । यस व्यवस्थाले विशेषगरी आर्थिक रूपमा उपचार गर्न कठिनाइ भोगिरहेका नागरिकलाई राहत पु¥याउनुका साथै विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय उपचार सेवा सहज रूपमा प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यस सहकार्यको मुख्य उद्देश्य नगरपालिकास्तरमा स्वास्थ्य सेवाको सुदृढीकरण, जनस्वास्थ्य प्रवद्र्धन, नियमित स्वास्थ्य परीक्षणको संस्कृतिको विकास तथा समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नु रहेको छ । साथै, दीर्घकालीन रोगहरूको समयमै पहिचान, प्रारम्भिक उपचार, जटिल स्वास्थ्य समस्याको जोखिम न्यूनीकरण तथा स्वस्थ समुदाय निर्माणमा समेत यस सहकार्यले महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।

सम्झौता कार्यक्रममा बोल्दै ह्याम्स अस्पतालका अध्यक्ष भण्डारीले स्थानीय सरकारसँगको सहकार्यले नागरिकसम्म गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवा अझ प्रभावकारी रूपमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने, “ह्याम्स अस्पतालको उद्देश्य केवल उपचार सेवा प्रदान गर्नु मात्र होइन, प्रत्येक नागरिकले गुणस्तरीय, सुरक्षित, सहज र किफायती स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भन्ने हो । स्थानीय सरकारसँगको सहकार्यमार्फत समुदायमा नियमित स्वास्थ्य परीक्षण, रोगको समयमै पहिचान, रोकथाम तथा विशेषज्ञ उपचार सेवाको पहुँच विस्तार गर्ने हाम्रो प्रतिबद्धता अझ सुदृढ भएको छ । आगामी दिनमा पनि यस्ता सहकार्यलाई अझ व्यापक बनाउँदै नागरिकको स्वास्थ्य सुधार तथा स्वस्थ समाज निर्माणमा योगदान पु¥याउन हामी निरन्तर प्रतिबद्ध रहनेछौं ।”

त्यसैगरी, गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख रिसालले सहकार्यबाट नगरवासीलाई गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउने विश्वास व्यक्त गरे ।

उनले भने, नागरिकको स्वास्थ्य स्थानीय सरकारको प्रमुख प्राथमिकतामध्ये एक हो । ह्याम्स अस्पतालसँग भएको यस सहकार्यले गोकर्णेश्वर नगरपालिकाका नागरिकलाई गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवा सहुलियत दरमा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्नेछ । यसबाट उपचारमा आर्थिक भार न्यूनीकरण हुनुका साथै नियमित स्वास्थ्य परीक्षण, रोगको समयमै पहिचान तथा जनस्वास्थ्य प्रवद्र्धनका कार्यक्रममार्फत स्वस्थ र समृद्ध समुदाय निर्माणमा सकारात्मक योगदान पुग्ने हाम्रो विश्वास छ ।”

ह्याम्स अस्पताल नेपालका अग्रणी बहुविशेषज्ञ अस्पतालहरूमध्ये एक हो । अत्याधुनिक प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक, दक्ष स्वास्थ्यकर्मी तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको उपचार प्रणालीमार्फत अस्पतालले मुटु तथा रक्तनली रोग, न्युरो साइन्स, क्यान्सर, अर्थोपेडिक्स, युरोलोजी, नेफ्रोलोजी, ग्यास्ट्रोइन्टेरोलोजी, क्रिटिकल केयरलगायत विभिन्न जटिल रोगहरूको निदान, उपचार तथा शल्यक्रिया सेवा प्रदान गर्दै आएको छ ।

ह्याम्स अस्पतालले आगामी दिनमा पनि स्थानीय तह, सरकारी तथा गैरसरकारी निकाय, समुदाय तथा विभिन्न संस्थासँगको सहकार्यलाई अझ विस्तार गर्दै नागरिकमैत्री, गुणस्तरीय, सुरक्षित तथा पहुँचयोग्य स्वास्थ्य सेवा देशभर पु¥याउने योजना रहेको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *