स्वास्थ्य बीमा बोर्डको अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीले पदबाट दिएको राजिनामा स्वीकृत

डा. सेनेन्द्रराज उप्रेती

काठमाडौँ, १७ चैत । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष डा सेनेन्द्र राज उप्रेतीले पदबाट दिएको राजिनामा स्वीकृत गरेको छ । गत १० चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले डा उप्रेतीले पदबाट दिएको राजिनामा स्वीकृत गरेको हो ।

डा. उप्रेतीले आफ्नो ढल्किदो उमेर उमेर, व्यवस्थापनमा सुस्तता, अस्वस्थताको कारणले थप काम र मिहेनत गर्न असहज भएको भन्दै गत २४ माघमा तत्कालिन स्वास्थ्य मन्त्री पदम गिरीलाई भेटेर राजिनामा बुझाएका थिए । तर राजनीतिक घटनाक्रममा आएको परिवर्तनले उनको राजिनामा स्वीकृत हुनु अघि नै मन्त्री गिरी आफै सत्ताबाट बाहिरिएका थिए । त्यसपछि उनको राजिनामा स्वीकृत हुन ढिला भएको हो ।

डा उप्रेतीले आफ्नो राजिनामा गत १० चैतमा स्वीकृत भएको पुष्टि गरे ।

राजिनामा स्वीकृत भएको एक साता पुगे पनि स्वास्थ्य बीमा बोर्डले भने आफ्नो वेवसाइटबाट डा उप्रेतीको नाम हटाएको छैन् । अहिले पनि अध्यक्षमा डा उप्रेती नै राखेको छ ।

पूर्व स्वास्थ्य सचिव समेत रहेका उप्रेतीलाई सरकारले २०७७ साउन २० गते स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

विसं २०७२ साल देखि सुृरु भएको स्वास्थ्य बीमा कार्यक्रम ७७ वटै जिल्लामा पुगे पनि झन् झन् फितलो हुँदै आएको छ । गत साउन देखि धेरै निजी अस्पतालहरुले सरकारको यो स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न समेत छाडेका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *