नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भूमिका महत्वपूर्ण : सभामुख घिमिरे

काठमाडौँ, १३ चैत । प्रतिनिधि सभाका सभामुख देबराज घिमिरेले नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । नेपाल नेत्रज्योति संघको ४५ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बाधेन गर्दै उनले यस्तो बताएका हुन् ।

‘सन् १९८१ मा ०.८४ प्रतिशत रहेको नेपालको अन्धोपनाको स्थिती अहिले घटेर ०.२८ प्रतिशतमा झरेको छ, नेपालको यो उपलब्धिको प्रमुख र महत्वपूर्ण हिस्सेदारका रुपमा मैले नेत्रज्योति संघलाई मानेको छु’ घिमिरेले भने, ‘नेपालको आँखा स्वास्थ्य क्षेत्रमा संघले खेलेको भूमिकाको जति प्रशंसा गरेपनि कमै हुन्छ’ ।

नेत्रज्योति संघको कामलाई कुखुरा र माछाको उदाहरण दिँदै सभामुख घिमिरेले भनेकुखुरले जसरी एउटा अण्डा पार्दा पनि गाँउ नै हल्लिने गरी हल्ला गर्छ तर माछाले पानी भित्र हजारौ अण्डा पार्दा समेत कसैले थाँहा पाउदैनन् त्यसरी नै संघले नेपालको आँखा स्वास्थ्य क्षेत्रमा हल्ला नगरी काम गरिरहेको छ ।

विसं २०३५ साल चैत्र १३ गते आजैका दिन समाजका विभिन्न क्षेत्रका बिशिष्ट समाजसेवीहरु तथा प्राडा रामप्रसाद पोख्रेल ‘आँखा बा’ को सामूहिक प्रयासबाट स्थापना भएको यस संघले देशका लगभग ९० प्रतिशत नेपाली नागरिकमा सस्तो, सुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

नेपाल सरकारबाट आँखा उपचार सेवा देशका सबै जनताको घरदैलोमा पु¥याउने दायित्व र निर्देशन प्राप्त भए अनुरुप नेपालको सबै क्षेत्रहरुलाई समेटने गरी २७ आँखा अस्पतालहरु, १५० भन्दा बढि आँखा उपचार केन्द्रहरु तथा ४४ जिल्ला शाखाहरु मार्फत यसले सेवा प्रवाह गरिरहेको छ ।

सन् २०२२ मा संघले आफ्नो मातहतका आँखा अस्पताल, उपचार केन्द्रहरुका साथै विभिन्न बाह्य कार्यक्रमका माध्यमबाट कुल ३० लाख ७ हजार २९१ जनाको आँखा जाँच तथा उपचार गर्नुका साथै २ लाख ७२ हजार ९५० जनाको आँखाका शल्यक्रिया गर्न सफल भएको थियो । संघले विद्यालय आँखा जाँच कार्यक्रम मार्फत सन् २०१८ लेखि २०२२ सम्ममा देशका विभिन्न विद्यालयहरुमा अध्ययनरत १० लाख भन्दा बढी विद्यार्थीहरुको निःशुल्क आँखा जाँच गरी हजारौ विद्यार्थीहरुलाई निःशुल्क चश्मा वितरण गरिसकेको छ भने ५५० जना विद्यार्थीहरुको निःशुल्क शल्यक्रिया समेत गरिएको छ ।

यस वर्ष नेत्रज्योति दिवसको नारा “हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी” भन्ने रहेको छ । यस नारालाई साकार पार्न संघले विभिन्न कार्यक्रमहरु तय गरेको छ ।

बार्षिकोत्सवको अवसरमा सम्मान
यसैबीच नेपाल नेत्रज्योति संघले नेत्रज्योति दिवसको अवसरमा संघको अन्धोपन निवारण गर्ने उद्देश्य प्राप्तिमा विशेष योगदान दिने व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । संघले चौधरी दाता परिवारलाई ‘बिशिष्ट नेत्रज्योति सम्मान’ बाट सम्मनित गरिएको छ । साथै नेपालमा आँखा उपचार सेवाको विस्तार र अन्धोपन न्यूनिकरणमा सहयोग गर्ने सेवा फाउन्डेसन, सेवा क्यानडा सोसाईटी र दुहवी नगरपालिकालाई पनि ‘बिशिष्ट नेत्रज्योति सम्मान’ बाट सम्मानित गरिएको छ ।

त्यस्तै नेपालमा आँखा स्वास्थ्य सेवाको विस्तार गरि अन्धोपन न्युनिकरण गर्ने योजनामा विशेष योगदान गर्नुहुने नेपाल नेत्रज्योति संघका लुम्बिनी प्रदेश सभापति तथा रुपन्देहि शाखाका निवर्तमान सभापति सागरप्रताप राणा, नेत्र ज्यातिसंघ चितवन शाखाका पूर्व सभापति एवं केन्द्रीय सदस्य चिजकुमार मास्के, नेत्रज्योति संघ कैलाली शाखाका पुर्बसभापति शिवदत्त जोशी, नेत्रज्योति संघ फत्तेबाल आँखा अस्पताल नेपालगंजका पूर्व मेडिकल डाईरेक्टर बरिष्ठ नेत्ररोग बिशेषज्ञ डा।बासु अधिकारी र नेत्रज्योति संघ रणअम्बिका शाह आँखा अस्पताल भैरहवाका पूर्व मेडिकल डाईरेक्टर बरिष्ठ नेत्ररोग बिशेषज्ञ डा। सुदर्शनप्रसाद धिताललाई ‘लाईफटाइम एचिभ्मेन्ट अवार्ड’ बाट सम्मानित गरिएको छ ।

त्यस्तै २५ बर्षदेखि निरन्तर नेपाल नेत्रज्योति संघ र यस अन्तरगतका अस्पतालमा रहि कार्य गर्दै आएकोले संघका आँखा स्वास्थ्य कार्यकर्ता गोबिन्द शर्मालाई दीर्घ सेवा पदक प्रदान गरिएको छ ।

त्यस्तै संघ अन्तरगतका अस्पतालमा कार्यरत कर्मचरीहरुका बीचमा आयोजना गरिएको नेपालमा आँखा स्वास्थ्यका समस्या, चुनौति र स्थानीयको भूमिका बिषयक राष्ट्रब्यापी निबन्ध लेखन प्रतियोगिता लेखन प्रतियोतामा कीर्तिपुर आँखा अस्पतालकी दुर्गादेबी श्रेष्ठ प्रथम, इटहरी आँखा अस्पतालका उमाशंकर पटेल द्धितिय र गौर आँखा अस्पतालका दिनेश घिमिरे तृतिय भएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *