न्याम्समा बरिष्ठताको आधारमा पदाधिकारी नियुक्ती गर्न ट्रेड युनियनको माग
काठमाडौँ, १२ चैत । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको आधिकारिक ट्रेड युनियनले प्रतिष्ठानको रिक्त पदाधिकारी पहरुमा बरिष्ठ प्राध्यापकहरु मध्येबाट नियुक्ति गर्न माग गरेको छ ।
युनियनले आज प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल र स्वास्थ्य सचिव डा रोशन पोखरेललाई ज्ञापन पत्र बुझाउँदै पदाधिकारी नियुक्ती गर्ने र नियुक्ति गर्दा ५१ प्रतिशत पदाधिकारी प्रतिष्ठान सेवा ( वीर अस्पतालमा कार्यरत प्रतिष्ठान तर्फ) शिक्षक कर्मचारीबाट गरिनु पर्ने समेत माग गरेको छ ।
न्याम्समा गत ३० फागुन देखि उपकुलपति पद रिक्त छ । यस्तै १ चैत देखि रेक्टर, रजिष्ट्रार, डीन लगायतका पदहरु खाली छ ।
सरकारले पूर्णता पाए लगत्तै यी पदहरुमा नियुक्ती गरिने न्याम्सका कुलपति एवं प्रधानमन्त्री दाहालले बताएका छन् ।