त्रिवि शिक्षण अस्पताल पुगेर राष्ट्रपति पौडेलले गराए स्वास्थ्य परीक्षण

काठमाडौँ, ९ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका छन्।
राष्ट्रपति पौडेल बिहीबार शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएको अस्पतालका कार्यकारी निर्देशक प्रोफेसर डा दिनेश काफ्लेले जानकारी दिए। उनका अनुसार डा निरज बमसहितको चिकित्सकको टोलीले राष्ट्रपतिको स्वास्थ्य परीक्षण गरेको हो।
राष्ट्रपतिको नियमित स्वास्थ्य परीक्षण गरियो । विभिन्न परीक्षण भएको छ, उनले भने।
त्यसैगरी राष्ट्रपति पौडेलले शिक्षण अस्पताल परिसरको बिपी कोइराला लायन्स आँखा अध्ययन केन्द्रमा आँखा जाँच पनि गराएका छन्। प्रा डा सगुन जोशीले राष्ट्रपतिको आँखा परीक्षण गरेका हुन्।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




