चौबिस घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, ३ चैत । पछिल्लो चौबिस घण्टामा देशभर थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा संक्रमणमुक्त भई ३ जना डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिएको जानकारी अनुसार थप १ हजार १९ जनाको एन्टीजेन र पीसीआर नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, देशभर २० जना सक्रिय संक्रमित रहेका छन् ।