पाल्पा : पन्ध्र शय्याको आयुर्वेद अस्पताल भवन निर्माण सम्पन्न

काठमाडौँ, १८ फागुन । पाल्पाको रामपुरमा हालै निर्माण भएको पन्ध्र शय्याको आयुर्वेद तथा प्राकृतिक चिकित्सालय अस्पताल भवन निर्माण सम्पन्न भएको छ ।

यो भवन निर्माण सम्पन्न भएपछि निर्माण कम्पनी शिवशक्ति कन्ट्रक्सन प्रालिले रामपुर नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

नेपाल सरकारको ११ करोड ३३ लाख ४९ हजार रुपियाँ लागतमा सो अस्पतालका लागि सुविधासम्पन्न भवन निर्माण भएको हो । १५ शय्याको सञ्चालनका लागि तीनतले भवन निर्माण गरिएको हो । नयाँ भवनमा कार्यालय कोठा, भान्छा, योगा हल, शल्यक्रिया कक्ष, एक्स–रे कक्ष, बैठक हल, प्रयोगशाला कक्षलगायतका ६८ कोठा छन् ।

अस्पताल सञ्चालनपछि पाल्पाको रामपुर, पूर्वखोला, निस्दी, रम्भा गाउँपालिका, स्याङ्जाका चापाकोट, वालिङलगायतका क्षेत्रका नागरिकलाई औषधि उपचार सेवा लिन सहज हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर