पहुँच वालालाई दनादन उपचार खर्च उपलव्ध गराउँदै सरकार

पूर्व राष्ट्रपति डा यादव र पूर्व प्रधानमन्त्री खनालको नाममा मात्रै साउन यता झण्डै आधा करोड निकासा

काठमाडौँ, १६ फागुन । देश आर्थिक संकटमा फस्दै गएको छ तर पहुँचवाला अधिकारीहरुले राज्यकोषबाट उपचार सुविधा लिन भने छाडेका छैनन् । पूर्व राष्ट्रपति डा रामबरण यादव तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले साउन यता मात्रै ४५ लाख रुपैयाँ उपचार खर्च बुझिसकेका छन् ।

अर्थ मन्त्रालयका अनुसार पूर्व राष्ट्रपति डा यादवको उपचारका लागि २५ लाख रुपैयाँ र पूर्व प्रधानमन्त्री खनालको उपचारका लागि २० लाख रुपैयाँ मन्त्रिपरिषद्ले निर्णय गरी निकासा गरिसकेको छ । यी दुई जनाको नाममा मात्रै राज्यको तर्फबाट उपचारका लागि २ करोड ७५ लाख रुपैयाँ निकास भइसकेको छ ।

मन्त्रालयका अनुसार यो वर्षको साउनदेखि माघ महिनासम्म उपचार सहायताको नाममा सरकारले ५ करोड ४६ लाख रूपैयाँ वितरण गरेको छ। लिनेमा अधिकांश नेता र उनीहरूका आफन्त छन्।

उपचार तथा भ्रमण सुविधाका लागि कसले कति प्राप्त गरे ? अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण हेरौँ

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *