स्वास्थ्य बीमा बोर्डले सुविधा थैलीबाट घटायो १८७ वटा औषधीहरु

12.6k
Shares

काठमाडौँ, २५ साउन । धेरैलाई थाहा नै छैन, बीमितसंग उहि शुल्क लिए पनि पछिल्लो समय स्वास्थ्य बीमा बोर्डले बीमितहरुलाई दिने औषधी सुविधामा कटौती गरेको छ ।

पछिल्लो दुई वर्षमा बोर्डले १८७ प्रकारका औषधीहरु सुविधा थैलीबाट कटौती गरेको हो । त्यसमा आकस्मिक सेवामा प्रयोग हुने देखि भ्याक्सिन सम्मका औषधीहरु छन् ।

स्वास्थ्य बीमा बोर्डको सुविधा थैली (दोस्रो संसोधन) हुँदासम्म स्वास्थ्य बीमाको सुविधा थैलीमा अटाएका औषधीको संख्या १ हजार २८९ रहेको थियो ।

सुविधा थैलीको अघिल्लो वर्ष भएको तेस्रो संसोधनले औषधीको संख्या १ हजार १५६ मा झारेको थियो । त्यसको केही महिना मै भएको चौथो संसोधनले थप ५४ प्रकारका औषधी हटाउँदै १ हजार १०२ प्रकारमा सिमित गरेको छ । पछिल्लो संसोधन गत ५ साउन देखि कार्यान्वयनमा आएको छ ।

बीमितहरुले सुविधा थैलीलाई कस्दै जाने सरकारी प्रक्रिया ठिक नभएको बताएका छन् ।

बालाजु माछापोखरीका रमेश ढुंगेल भन्छन्, ‘शुल्क चाहि उहि तिर्नु पर्ने तर सुविधा थैली आफु खुशी घटाउने गर्नु भनेको जनतालाई ठगेको हो । यसरी गुपचुप आफूखुशी सुविधा थैलीबाट उपचार तथा औषधीहरु घटाउँदै जाने प्रवित्तिलाई राज्यले सच्याउनु पर्दछ ।’

यता बोर्डका प्रवक्ता समेत रहेका बरिष्ठ मेसु डा पवनकुमार साहले एउटै कामका लागि प्रयोग हुने औषधीहरुको सूची घटाइएको बताए । उनले त्यसमा केही खोपहरु समेत परेको जानकारी दिए । स्वास्थ्य बीमा कार्यक्रमलाई सुधार गर्ने योजनामा हामी लागेका छौँ । त्यस क्रममा सुविधा थैलीमा रहेका औषधीहरको सूचीमा पनि सामान्य फेरवदल भएको छ । यसले सेवा ग्राहीहरुलाई धेरै असर पर्दैन ।

बोर्डले तेस्रो संसोधन पछि नै २५ हजार बढीको ओपिडी सेवा नदिने गरी क्यापिङ लगाइसकेको छ । यस्तै सरकारीमा १० प्रतिशत र निजीमा २० प्रतिशत रकम बीमित आफैले तिर्नु पर्ने हुन्छ ।

धेरै अस्पतालमा बीमाबाट पाउनु पर्ने औषधी, परीक्षण तथा उपचार सुविधा तोकिए भेटिदैन । यद्धपी नागरिकहरुले भने स्वास्थ्य बीमा कार्यक्रमलाई अहिले पनि विश्वास गरेर साथ दिएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

3 thoughts on “स्वास्थ्य बीमा बोर्डले सुविधा थैलीबाट घटायो १८७ वटा औषधीहरु

  1. क्यान्सर जस्ताे जटिल रेागमा सेकाइ र केमाे नदिने हने भने स्वा बि किन गर्नु?

  2. स्वास्थ्य बीमा हटाइदिए भयो। उसको के अर्थ भयो त

Leave a Reply

Your email address will not be published. Required fields are marked *