किशोरीको डिम्ब तस्करी प्रकरणमा जोडिएकी डा. नुतनसंग प्रहरीले लियो बयान

काठमाडौं, २४ साउन । १७ वर्षीया किशोरीको डिम्ब निकालिएको प्रकरणमा जोडिएकी वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. नुतन शर्माले प्रहरीसमक्ष बयान दिएकी छन्।
विदेशबाट फर्किएपछि आफैं जिल्ला प्रहरी परिसर ललितपुरमा उपस्थित भएकी डा. शर्मालाई सरकारी वकिलको कार्यालयमा लगेर बयान लिइएको हो।
पीडित किशोरीले आफूबाट डिम्ब निकाल्ने प्रक्रियामा डा. शर्मा प्रत्यक्ष संलग्न रहेको आरोप लगाउँदै उनीविरुद्ध किटानी जाहेरीसमेत दिएकी थिईन् ।
तर डा. शर्माले भने आफूले कानुनविपरीत कुनै काम नगरेको र किशोरी नाबालिग भएको जानकारी आफूलाई नभएको दाबी गरेकी छन्। बिरामीको उमेर तथा कानुनी कागजात प्रमाणीकरण गर्ने जिम्मेवारी प्रशासनिक कर्मचारीको हुने उनको भनाइ छ।
बयानपछि अहिले उनलाई हाजिरी जमानीमा छाडिएको छ। तर घटनाको अनुसन्धान भने जारी छ।
घटना कसरी सुरु भयो ?
यो प्रकरणको सुरुवात आर्थिक प्रलोभनसंग जोडिएको छ । प्रहरीका अनुसार कक्षा ११ मा अध्ययनरत १७ वर्षीया किशोरी राम्रो पैसा आउने लोभमा फसेकी देखिन्छिन् । सुरुमा ती किशोरीलाई आफ्नै साथीले ‘डिम्ब दिँदा केही हुँदैन, पैसा पनि आउँछ’ भन्दै फकाइएको र पछि अर्की एक आरोपित महिला राधिका गोतामेको सम्पर्कमा पुगेकी थिइन्। ले उनलाई डा. नुतनको सम्पर्कमा पुर्याएको घटना क्रमले बताउँछ ।
ती किशोरीलाई अर्की ओरोपित राधिका गोतामेको सम्पर्कमा पुगेकी थिइन्। गोतामेले नै ती किशोरीलाई ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालको आईभीएफ सेन्टर पुर्याइएको प्रहरीको भनाई छ ।
किशोरीका अनुसार सुरुमा उनलाई डिम्ब उत्पादन बढाउने इन्जेक्सन लगाइएको थियो। करिब एक सातापछि डिम्ब निकालिएको र त्यसपछि स्वास्थ्यमा समस्या देखिन थालेको उनको भनाइ छ।
अवस्था बिग्रिएपछि उनले परिवारलाई घटनाबारे बताएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गरिएको थियो। त्यसपछि परिवारले जिल्ला प्रहरी परिसर ललितपुरमा उजुरी दिएको हो।
प्रकरणमा प्रहरीले गोतामेलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा डा. शर्मा र गोतामेबीच आर्थिक कारोबार भएको विवरणसमेत फेला परेको छ।
प्रहरी स्रोतका अनुसार डा. शर्माले २०२५ डिसेम्बर २१ र २२ मा गोतामेको खातामा ५०/५० हजार रुपैयाँ पठाएकी थिइन्।
किशोरीलाई भने गोतामेमार्फत ३० हजार रुपैयाँ मात्रै दिइएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
डा. शर्माले भने उक्त रकम आईभीएफ प्रक्रियामा दातालाई दिइने यातायात, पोषण तथा औषधोपचार खर्च भएको दाबी गरेकी छन्।
पीडित किशोरीले आफूबाट डिम्ब निकाल्ने प्रक्रियामा डा. शर्मा प्रत्यक्ष संलग्न रहेको आरोप लगाउँदै उनीविरुद्ध किटानी जाहेरीसमेत दिएकी छन्।
तर डा. शर्माले भने आफूले कानुनविपरीत कुनै काम नगरेको र किशोरी नाबालिग भएको जानकारी आफूलाई नभएको दाबी गरेकी छन्। बिरामीको उमेर तथा कानुनी कागजात प्रमाणीकरण गर्ने जिम्मेवारी प्रशासनिक कर्मचारीको हुने उनको भनाइ छ।
यो घटनालाई अझ गम्भीर बनाउने अर्को पक्ष डिम्बदानसम्बन्धी विद्यमान मापदण्ड हो। सरकारले जारी गरेको ‘निःसन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड–२०८२’ अनुसार डिम्बदाता २० देखि ३५ वर्ष उमेर समूहको हुनुपर्ने व्यवस्था छ।
यदि १७ वर्षीया किशोरीबाट डिम्ब लिइएको दाबी प्रमाणित भएमा यो विषय उमेरसम्बन्धी कानुनी तथा नियामकीय प्रश्नसँग समेत जोडिन्छ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



