स्वास्थ्य जन्य फोहर सिसडोल पुर्‍याएको भन्दै काठमाडौँ महानगरद्धारा ५० हजार रुपैयाँ जरिवाना

काठमाडौँ, १५ फागुन । सिसडोल ल्याण्डफिल साइटमा चिकित्साजन्य हानीकारक फोहोर पुर्‍याउनेलाई काठमाडौँ महानगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

महानगरपालिकाको ५ नम्बर वडामा रहेको सुनौलो परिवार नेपाललाई ५० रुपैयाँ जरिमाना गरेको हो । सो संस्थाले स्वास्थ्य उपचारका प्रयोग गरेका सिरिञ्जलगायत सामान साइटमा पुर्‍याएको थियो ।

महानगरले फोहोर व्यवस्थापनसँग सम्बन्धित अनधिकृत क्रियाकलापलाई नजिकबाट निगरानी गरिरहेको बताएको छ । जरिवानाका विषयमा वातावरण तथा कृषि विभागका प्रमुख रविनमान श्रेष्ठ भन्छन्, ‘कानूनले बर्जित गरेका फोहोर साइटमा लैजाने जोसुकैलाई पनि कारवाही गर्छौँ ।’

अहिले काठमाडौँसहित उपत्यकाका सबै नगरको फोहोर बञ्चरे डाँडास्थित साइटमा व्यवस्थापन भइरहेको छ । यहाँ सामान्य फोहोर मात्र लैजान मिल्छ ।

हानीकारक फोहोरलाई उत्पादक आफैँले निर्मलीकरण गरेर सामान्य फोहोरमा बदल्नु पर्छ । त्यसपछि सामान्य प्रक्रियाबाट लैजान सकिन्छ ।

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर